इलाम । सूूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो।

कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो। बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेले जानकारी दिए।

advertisement

घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुई वटा माउँ र एउटा पाठो चितुवाले खाएको छ। ‘‘घाँस हाल्न जाँदा अघाएर सुतिरहेको अवस्थामा चितुवा भेटियो, यसको रङ कालो भएकाले यो दुर्लभ हो भन्ने लागेर प्रहरी–प्रशासनमा खबर गर्‍यौँ,’ घिमिरेले भने।

उनका अनुसार एक महिना यता यो क्षेत्रमा चितुवाले सात वटा बाख्रा मारिसकेको छ। स्थानीयमा पनि त्रास बढेको छ। घिमिरेले आफ्नै खोरका दुई वटा बाख्रा केही हप्ता अघि खाएको बताए।

एक महिना यता यही क्षेत्रसँग जोडिएको माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई९२, बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले मारेको थियो।

भारतीय सीमा क्षेत्रसँग जोडिएको ठाउँभएकाले भारतको सिंहलिला नेसनल पार्कबाट चितुवाहरू नेपालका गाउँ छिर्ने गरेको पाइएको सूूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जनले बताए।

अहिले सूूर्योदयका उत्तरपूर्वी गाउँहरू बागवीरे, मानेभन्ज्याङ, त्यस्तै माईजोगमाई र सन्दरकपुर गाउँपालिकाका उत्तरपूूर्वी गाउँहरूमा जङ्गली जनावारले स्थानीयलाई धेरै दुःख दिने गरेका छन्।

 

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com