काठमाडौं । बहुविवाह गरेको आरोपमा विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले सम्बन्ध विच्छेदको कागजात सार्वजनिक गरेका छन्।
पार्टीको तर्फबाट उम्मेदवार मनोनयन भएपछि उनीमाथि बहुविवाह गरेको विषय चर्चामा आएको थियो। सोही आरोपलाई खण्डन गर्ने उद्देश्यले थापाले सोमबार आफ्नो फेसबुक मार्फत वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो। मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।’
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया