काठमाडौं । निजामती सेवा सम्बन्धी विधेयकमा प्रस्ताव गरिएको उमेर सीमा विषयमा सरकार आफ्नो अडानबाट पछि हटेको छ।

यसअघि सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समितिको बैठकमै उमेर सीमा कायम गर्ने अडान राखेकी थिइन्। तर उक्त अडान अल्पमतमा पर्नसक्ने परिस्थिति बनेपछि मंगलबार बसेको बैठकमा उनले व्यक्तिगत स्वार्थ वा लाभ केही नभएको स्पष्ट पार्दै आफ्नो अडान त्यागेको घोषणा गरिन्।

advertisement

‘राष्ट्रियसभामा सर्वसम्मत परम्परा तोड्न नदिउँ, सहमति गरेर अघि बढौँ भन्ने चाहना हो। त्यसैले अडानमा अडिन आवश्यक ठानेनँ,’ मन्त्री न्यौपानेले भनिन्।

यससँगै प्रतिनिधि सभाले पठाएको जस्तै उमेर सीमा सम्बन्धी व्यवस्था यथावत रहने भएको छ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com