काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार सर्वोच्च अदालतमा हुने भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दा पेशी तोकिएको हो।

श्रेष्ठले न्यायालय, न्यायाधीश र सम्पूर्ण न्याय प्रणालीको मर्यादामाथि आँच पुग्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिएको आरोपमा गत भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका थिए।

advertisement

रिट निवेदकले श्रेष्ठलाई अदालतको अवहेलना गरेको ठहर गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com