काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मंगलबार निजामती सेवा विधेयक सर्वसम्मत पारित गरेको छ।
प्रतिनिधि सभाबाट पास भएको विधेयक अनुसार, निजामती कर्मचारीको अवकाश उमेर क्रमशः चालु वर्ष ५८, अर्को वर्ष ५९ र त्यसपछिका वर्षमा ६० वर्षमा लागु हुने प्रावधान छ। राष्ट्रियसभाबाट सदर हुने निर्णयसहित विधेयकमा रहेका विवादित विषयहरू समाधान भएका छन्।
आइतबारको समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले चालु आर्थिक वर्षमा ५९ वर्ष उमेर पूरा हुने कर्मचारीले ५९ वर्षमै अनिवार्य अवकाश पाउने व्यवस्था गर्न अनुरोध गरेकी थिइन्। तर, विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका सदस्यहरूले प्रतिनिधि सभाबाट पारित संशोधनअनुसार अघि बढ्नुपर्ने अडान राखेका कारण तत्काल सहमति जुटेको थिएन।
तर मंगलबारको बैठकमा मन्त्री न्यौपानेले प्रतिनिधि सभाको प्रतिवेदन सदर गरेर अघि बढाउन तयार भएको जानकारी दिँदै विधेयक सर्वसम्मत पारित भएको हो।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया