काठमाडौं । नेकपा (एमाले) का नेता ऐन महर विरुद्ध साइबर अपराध मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरेको हो। मुद्दा दर्ता भएपछि अदालतले अब प्रतिवादी महरलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने सम्बन्धमा निर्णय गर्नेछ।
महरमाथि आरोप छ कि उनले एक महिलालाई सामाजिक सञ्जालमा लाइभ प्रसारण गर्दै चरित्रहत्या गरेको र मेसेज तथा स्टाटस मार्फत गालीगलौज गरेको पीडितको भनाइ छ।
महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएका थिए र त्यही दिन सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए। बयानका क्रममा उनी हाजिर जमानीमा छोडिएका थिए।
उक्त महिलाविरुद्ध पनि महरले सोही किसिमको जाहेरी दिएका छन्। पीडित महिलाको बयान पनि भदौ ११ गते लिइएको थियो र उनलाई समेत हाजिर जमानीमा राखिएको थियो।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया