काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एशिया क्षेत्र उपाध्यक्ष जोहानेस जुटबीच शहरी विकास मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटमा नेपाल सरकार र विश्व बैंकबीच नवीन परियोजनामा सहकार्यको संभावना र योजना अघि बढाउने विषयमा छलफल भएको थियो। विशेष रूपमा वृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना, काठमाडौंको शहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदी सफाइ तथा वायु प्रदूषण न्यूनीकरणका विषयमा छलफल केन्द्रित रह्यो।

advertisement

उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजनाहरू अघि बढाउन खोज्नु सकारात्मक भएको बताउँदै, विश्व बैंक यस क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी र काठमाडौं उपत्यकाको शहरी पूर्वाधार सुधार, वातावरणीय सुधार र नदी तथा वायु सफाइमा विश्व बैंकको सक्रिय भूमिका रहने बताए।

कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयका विभिन्न आयोजना तथा परियोजनामा विश्व बैंकसँग भइरहेको सहयोगको आभार व्यक्त गर्दै, आगामी योजनाहरूमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे।

भेटवार्ता नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ र दीगो बनाउने अवसर रहेको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com