कालिकाेट । जुम्ला–सुर्खेत सडकखण्ड अन्तर्गतको कर्णाली राजमार्ग पाँच दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा खसेको ठूलो पहिरो हटाइएपछि यातायात पुनः सुरु भएको हो।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सोमबार नेपाली सेनाको टोलीले तीन पटकसम्म विस्फोट (ब्लाष्टिङ) गरेर चट्टान हटाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन। मंगलबार बिहान साढे ८ बजेदेखि सह–सेनानी सानुराम कार्कीको कमाण्डमा खटिएको टोलीले थप प्रयास गर्दा राजमार्ग अवरुद्ध गर्ने करिब एक सय घनमिटर चट्टान फोड्न सफल भएको हो। दिउँसो साढे १२ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको सूचना अधिकारी इञ्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिए।

advertisement

यसअघि सडक डिभिजनले डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास गरे पनि ठुलो चट्टान नफुट्दा राजमार्ग पाँच दिनसम्म ठप्प भएको थियो। यातायात अवरुद्ध हुँदा जुम्लाबाट पठाइएका २१ ट्रक स्याउ रोकिएको थियो। व्यापारीका अनुसार करिब १३ करोड रुपैयाँ बराबरको स्याउ थन्किएपछि ठूलो आर्थिक क्षति हुने चिन्ता बढेको थियो।

राजमार्ग खुल्लासँगै व्यापारी तथा स्थानीयवासी खुशी भएका छन्। अब जुम्लाको स्याउ समयमै बजारसम्म पुर्‍याउन सकिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com