काठमाडौँ । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८९ अंकले घटेर २७४१ विन्दुमा झरेको हो।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भए पनि मंगलबार ४ अर्ब ४३ करोड रुपैयाँमै सीमित भएको हो।

advertisement

क्षेत्रगत परिसूचकहरूमा पनि नकारात्मक प्रभाव परेको छ। सबै समूहगत परिसूचक घटेका छन्, जसमा व्यापार समूह सबैभन्दा बढी १.९७ प्रतिशतले तल झरेको छ।

नेप्सेमा ३२३ वटा लगानी साधनको कारोबार हुँदा १७४ को मूल्य बढेको, २५८ को घटेको र बाँकी स्थिर रहेको छ।

यस दिन सोमबारदेखि कारोबारमा आएको हिम स्टार उर्जा लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २९४ रुपैयाँमा पुगेको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयर सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेर २ हजार ४६ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com