काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले मंगलबार दिउँसो ठूलो मात्रामा नगद बरामद गरेको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सूचना पाएपछि उक्त घरमा छापा मारेको हो। प्रहरी महानिरीक्षक (एआइजी) टेक तामाङले छापामारी क्रममा ठूलो रकम फेला परेको पुष्टि गरेका छन्। तर, रकमको सही परिमाण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

advertisement

प्रहरी स्रोतका अनुसार गोरखा स्थायी घर भई गोंगबु बस्दै आएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। बरामद रकम गन्नका लागि बैंकबाट मेसिन समेत मगाइएको र रकम करोडौँमा हुने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com