काठमाडौं । अवैधरूपमा अमेरिका पुगेका तथा त्यहाँको अध्यागमन नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ।

निष्कासनमा परेका उनीहरू बुधबार दिउँसो साढे २ बजे अमेरिकाबाट चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अध्यागमन विभागले जनाएको छ। नेपाल सरकारले यसबारे औपचारिक जानकारी पाएको छ।

advertisement

निष्कासनमा परेका नेपालीमध्ये अधिकांशको उमेर २६ देखि ३० वर्षको बीचमा रहेको स्रोतले बताएको छ। पक्राउ परेकामध्ये धेरैसँग परिचयपत्र वा आवश्यक कागजात नभएको पनि खुलाइएको छ। राहदानी नभएका लागि वासिङटन डिसीस्थित नेपाली दूतावासले यात्रा कागजात (ट्राभल डकुमेन्ट) उपलब्ध गराएको हो।

सूचीअनुसार निष्कासित हुनेमध्ये दुई–दुई जना बस्नेत, चौधरी, कँडेल र खड्का छन्। त्यस्तै तीनजना भण्डारी र ओली, छजना केसी रहेका छन्। भण्डारी, विश्वकर्मा, बोहरा, बुढाथोकी, छिनाल, डाँगी, कुँवर, खत्री, शाह, आचार्य, पुन, बिके, गौतम, शेर्पा, सिंह, सुवेदी, तामाङ र ठाडा थर भएका एक–एक जना पनि निष्कासित सूचीमा पर्छन्।

अमेरिकी अध्यागमनले पछिल्लो समय अवैधरूपमा प्रवेश गरेका आप्रवासीमाथि निगरानी कडा बनाएको छ। सोही कारण हालैका वर्षहरूमा नेपाली नागरिकहरू पनि ठूलो संख्यामा पक्राउ परी निष्कासन हुन थालेका छन्।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com