काठमाडौं । संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन मंगलबार राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ।
निजामती सेवा सम्बन्धी विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले राष्ट्रिय सभाको बैठकमा प्रतिवेदन पेस गर्दै, विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विशेष प्रावधान समावेश गरिएको जानकारी दिइन्।
उनका अनुसार, राजीनामा दिएपछि वा अवकाश प्राप्त गरेपछि निजामती कर्मचारीले दुई वर्षसम्म कुनै पनि सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य सार्वजनिक पदमा नियुक्ति पाउन सक्ने छैनन्।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया