काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ मा हुने आगामी निर्वाचनका लागि उम्मेदवार प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) मार्फत चयन गर्ने निर्णय गरेको छ।
रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएका आकांक्षी नेताहरूमध्येबाट प्राइमरी निर्वाचनमार्फत उम्मेदवार चयन गरिने एक नेताले जानकारी दिए।
मंगलबार पार्टी अध्यक्ष तथा संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले नयाँ कार्ययोजना अनुसार पहिलोपटक प्राइमरी निर्वाचनको अभ्यास थाल्ने निर्णय गरेको हो।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया