एजेन्सी ।  गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ ।

प्रवक्ता महमुद बासलले भने, “इजरायली लडाकू विमानहरूले दक्षिणपश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।”

advertisement

उनका अनुसार इजरायली हेलिकप्टरहरूले सहरको पश्चिममा रहेको अपार्टमेन्टमा पनि आक्रमण गरेको र त्यहाँ तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो सहरी केन्द्र गाजा सहर कब्जा गर्ने तयारी गर्दै आक्रमण तीव्र बनाएको छ र निकासीको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजा सहर र वरपर करिब १० लाख मानिस बस्छन्, जहाँ अनिकाल घोषणा गरिएको छ ।

एएफपीका तथ्याङ्कअनुसार हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारण गरी एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली जवाफी आक्रमणमा अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार पाँच सय ५७ प्यालेस्टिनीको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो ठानेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com