काठमाडौं । पूर्वी अफगानिस्तानमा आइतबार राति आएको ६ म्याग्निच्यूडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार भूकम्पका कारण हालसम्म करिब ३ हजार जना घाइते भएका छन्। भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि राहत टोली निरन्तर खटिएको जानकारी दिए।
भूकम्प पहाडी क्षेत्रमा केन्द्रित भएकाले धेरै गाउँका घर पूर्ण रूपमा भत्किएका छन्। स्थानीय बासिन्दा घण्टौँसम्म भग्नावशेषमा फसेका कारण मृत्यु सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने बताएका छन्।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया