काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले रूपन्देही–३ को आगामी उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार तय गरेको छ। पार्टीले अर्जुन थापालाई उम्मेदवारका रूपमा अघि सारेको हो।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको छ। यहाँ उपनिर्वाचन राप्रपा सांसद दीपक बोहोराको निधनपछि आवश्यक भएको हो।
उपनिर्वाचनका लागि अन्य राजनीतिक दलहरूले समेत उम्मेदवार छनोट प्रक्रिया अघि बढाइसकेका छन् भने केही दलहरू प्रक्रिया सञ्चालनमा छन्।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया