काठमाडौं। राजधानीको पुतलीसडकमा मंगलबार दिउँसो माइक्रो बसको ठक्करबाट दुई बालबालिका घाइते भएका छन्।

पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गरिरहेका बालबालिकालाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।

advertisement

दुर्घटनामा ९ वर्षीय विवेक तामाङ र धनकुटा छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएका हुन्। विवेकको अवस्था गम्भीर रहेको छ र उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। आशिकाको भने काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ।

माइक्रो बस चालक सिन्धुपाल्चोकका २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com