काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले निकट भविष्यमा नेपालको राजनीति गम्भीर जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार वर्तमान राजनीतिक दलहरूमा लोकतान्त्रिक अभ्यास कमजोर बन्दा गालीगलौज र घृणा फैलाउने प्रवृत्ति हाबी हुँदै गएको छ।

जापानमा आयोजित प्रवासी नेपाली एकता मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै भुसालले कांग्रेस, एमाले र माओवादीमा आन्तरिक लोकतन्त्र नहुँदा जिम्मेवार नेताभन्दा बढी ‘मनपरी बोल्ने’ व्यक्तिहरु अघि बढिरहेको टिप्पणी गरे। उनले भने, ‘आजभोलि रवि लामिछानेमात्र होइन, त्यसभन्दा बढी गाली गर्नेहरूको समय आउँदैछ। सोसल मिडियामा देखिएका यी प्रवृत्तिबाट दुर्गा प्रसाईजस्ता मानिस नै प्रमुख राजनीतिज्ञ बन्ने अवस्था आउन सक्छ।’

advertisement

उनले यो प्रवृत्ति बढे मुलुकमा संविधान कार्यान्वयनमै चुनौती खडा हुने दाबी गरे। साथै, केपी शर्मा ओली र प्रचण्डको नेतृत्व संकटमा पर्दै जाँदा एमाले र माओवादी अस्थिर भएको आरोप पनि लगाए। जनार्दन शर्माले आत्मसमिक्षा गर्न खोज्दा प्रचण्डले नै आक्रमण गरेको उदाहरण दिएर उनले यी दलहरूमा सहिष्णुता र लोकतान्त्रिक संस्कार हराएको टिप्पणी गरे।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com