बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राजधानी बेइजिङमा आयोजित विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक परेडमा सहभागिता जनाएका छन्।
समारोहमा सहभागी राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए। परेड सकिएपछि राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा पनि प्रधानमन्त्री ओली सहभागी भए।
राष्ट्रपति सीको निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया