काठमाडौं । संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरूले सत्तारुढ दल नेकपा एमालेलाई विद्यालय शिक्षा विधेयकसम्बन्धी ज्ञापन पत्र बुझाएका छन्।
विद्यार्थी संगठनका नेताहरू पार्टी कार्यालय पुगेर मुख्य सचेतक महेश बर्तौलासँग भेट गरी ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा उनीहरूले विद्यालय शिक्षा सबलीकरण र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि एमालेले भूमिका खेलिदिन माग गरेका छन्।
ज्ञापन पत्र प्राप्त गर्दै बर्तौलाले सरकारले विद्यालय शिक्षाको सबलीकरणमा ध्यान दिइरहेको र आउँदै गरेको विधेयकमा यसबारे विशेष व्यवस्था गरिने विषयमा विद्यार्थीहरूलाई विश्वस्त पारेका छन्।
यसअघि, कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई समेत १७ विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयक र अन्य शैक्षिक विषयमा ज्ञापन पत्र बुझाएका थिए।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार












प्रतिक्रिया