काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाबाट काठमाडौँ ल्याइँदै गरेको अर्ग्यानिक स्याउमाथि प्रहरीले घुस मागेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाका किसानले काठमाडौँमा अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याउँदा प्रहरीले विभिन्न ठाउँमा प्रतिस्याउ १०० रुपैयाँसम्म घुस मागेको जानकारी दिएका छन्। उनले यो विषय गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउन सभामुखमार्फत जानकारी गराउन चाहेको बताए।
सचेतक शाहीले सरकारले विदेशी स्याउको आयात रोकेर जुम्लाको अर्ग्यानिक स्याउलाई बिक्री गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्ने पनि माग गरे।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया