काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकाल अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको आरोप लगाए ।

advertisement

‘अख्तियार दुरुपयोग अनुसनधान आयोलाई दलीयकरण गरिएको छ । साइजमा राखिएको छ । ०८४ पछि यो रहँदैन,’ सांसद ढकालले भने ।

उनले भिजिट भिसा प्रकरणमा आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलित भए पनि सत्ता पक्षले नसुनेको बताए । सत्ता पक्षले आफूहरूले सदनमा बोलेको दुई मिनेट समयको विषयलाई बंग्याउन घण्टौ समय खर्चिइरहेका आरोप लगाए ।

विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र नबच्ने ढकालले बताए । उनले दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको आरोप लगाउँदै ०८४ मा आम नागरिकले यो शैलीको हेक्का राखेको बताए ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com