काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘अब सदनको हरेक बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरियोस्,’ उनले भनिन् ।

advertisement

सरकारले कर्णाली क्षेत्रलाई आवश्यक बजेट विनियोजन नगरेको भनेर समेत असन्तुष्टि जनाइन् ।

कर्णालीका विषयमा सदनमा उठेको विषय प्रधानमन्त्रीले सुन्नुपर्ने र यसका लागि सदनको बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको आग्रह रहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com