काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले आफू ‘डिप फेक’ प्रहारको शिकार भएको बताएका छन्।
वाग्लेले आफ्नो एआई प्रविधिबाट तयार पारिएको आफ्नै स्वरको नक्कली भिडियो सामाजिक सञ्जालमा फैलाइएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘मेरो आवाजको दुरुपयोग गरी बनाइएको भिडियोले मलाई व्यक्तिगत र राजनीतिक रूपमा ठुलो क्षति पुर्याउन सक्छ।’
यसैविपरीत, वाग्लेले उक्त कार्यविरुद्ध कानुनी कदम चाल्ने तयारी गरेका छन्। बुधवार दिउँसो २ बजेर १५ मिनेटमा उनी भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयमा उजुरी दिन उपस्थित हुने जनाइएको छ।
केही समयअघि वाग्लेको आवाज प्रयोग गरी नेपाल–भारत सीमा विवादसम्बन्धी नक्कली भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार












प्रतिक्रिया