काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।

वाग्लेले सो कार्यको विरुद्धमा बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा दिउँसो २ बजेर १५ मिनेटमा उपस्थित हुन लागेको सो पार्टीले जनाएको छ ।

advertisement

केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत-सीमा विवादसम्बन्धी फेक भिडियोमा बाहिरिएको थियो ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com