काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ आएको भन्दै किनिदिन सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले जुम्लाको स्याउ अर्गानिक रहेको भन्दै किनेर खानको लागि आग्रह गरेका छन् ।

advertisement

उनले भने,‘सबभन्दा पहिला त जुम्लाको स्याउ बजारमा आएको छ, रसिलो छ, स्वादिलो छ, केमिकल हालेको छैन। त्यो स्याउ सबैले किनिदिनुहोला ।’ उनले कृषिमन्त्री रामनाथ अधिकारीलाई अझै एक/दुई महिना विदेशी स्याउ नल्याउनको लागि आग्रह गरेका छन् । विदेशी स्याउ रोकिदिँदा जुम्लाको स्याउले बजार पाउने उनको विश्वास छ । उनले जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द रहेको भन्दै सहज यातायातको लागि भौतिक पूर्वाधारमन्त्रीसँग आग्रह गरे ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com