काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता मिजारले सार्वजनिक निकायमा हुने राजनीतिक नियुक्तिमा समावेशी सिद्धान्तलाई बेवास्ता गरिएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै मिजारले प्राधिकरण, बोर्ड, समिति, परिषद्, कोष, कम्पनी लगायत सरकार स्वामित्वका निकायमा पदाधिकारी नियुक्ति गर्दा महिला र दलित समुदायलाई अत्यन्त न्यून प्रतिनिधित्व दिइएको बताइन्।

advertisement

उनले संविधानको धारा ४२ र २८५ ले समानुपातिक समावेशी सिद्धान्तलाई सुनिश्चित गरे पनि सरकार त्यसको कार्यान्वयनमा गम्भीर नभएको उल्लेख गरिन्।

मिजारले संवैधानिक अङ्गदेखि सार्वजनिक संस्थानसम्मका नियुक्तिमा महिलासहित दलित समुदायको सम्मानजनक सहभागिता अनिवार्य गर्न माग गर्दै सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com