काठमाडौं । नेकपा एमालेकी सांसद सूर्य कुमारी श्रेष्ठले चीन भ्रमणको क्रममा लिपुलेकको विषय उठाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले महाकाली नदी पूर्वतिर पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको ऐतिहासिक भूमि भएको स्मरण गराइन्। उनले १८१६ को सुगौली सन्धीले पनि यस भूभागलाई नेपालको सम्पत्ति मान्ने उल्लेख गरेको बताइन्।

advertisement

सांसद श्रेष्ठले हाल भारतको नियन्त्रणमा रहेको उक्त भूमि फिर्ता ल्याउने पहल आवश्यक भएको जोड दिइन्। उनले नेपाल–चीन–भारतबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सम्झौताप्रति आपत्ति जनाउँदै भने, ‘प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा यो विषय उठाउँदै आपत्ति प्रकट गर्नुभएको छ। उहाँको देशभक्ति र साहसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।’

सांसद श्रेष्ठले थप रूपमा भारतसँग कूटनीतिक पहल गर्दै उक्त भूमि फिर्ता ल्याउन सरकारसँग आवश्यक कदम चाल्न माग गरे।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com