काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

advertisement

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ६९, निर्जीवन बिमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com