काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सत्तापक्षको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै ढकालले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले उनीहरूको आवाज नसुनेको भन्दै आपत्ति जनाए।

advertisement

उनले भने, ‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौं। तर सत्तापक्षले सुन्न चाहँदैन। हाम्रो प्रतिवादलाई नकार्दै घण्टौं समय खेर फालिन्छ। कर्कस, अराजक र असहिष्णु शैली अपनाउँदै मिथ्या आरोप लगाइरहेका छन्। सदनभित्र सिर्जनात्मक बहस गर्न खोज्दा पनि डीपफेक भ्वाइस रेकर्डहरू बाहिर फैलाउने कार्य भइरहेको छ।’

ढकालले दलीयकरणले लोकतन्त्रमाथि छायाँ पारेको आरोप लगाउँदै २०८४ पछि अवस्था सुधार हुने बताए।

उनले थपे, ‘आजको दलीयकरणका कारण लोकतन्त्र कमजोर छ। तर २०८४ पछि जनताको सहभागिताले लोकतन्त्र जुरुक्क उठ्नेछ। त्यस्तै, ०८४ पछि दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरू पनि सक्रिय भई काम गर्न थाल्नेछन्।’

यसरी ढकालले सत्तापक्षमाथि प्रत्यक्ष आलोचना गर्दै लोकतन्त्र संरक्षण र संवैधानिक संस्थाहरूको स्वतन्त्रता सुनिश्चित गर्न दबाबको आवश्यकता रहेको बताए।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com