काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी तयार पारिएको डिपफेक भिडियोबारे कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन् ।
बुधबार दिउँसो भोटाहिटीस्थित साइबर ब्युरो पुगेर वाग्लेले उजुरी दिएका हुन् । साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उक्त उजुरी दर्ता भइसकेको र यसबारे आवश्यक अनुसन्धान अघि बढाइने जानकारी दिए ।
वाग्लेले आफ्नो वास्तविक आवाज प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली भिडियो प्रसारण गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई लोकतान्त्रिक अभ्यास र व्यक्तिगत अधिकारमाथिको आक्रमणका रूपमा लिएको बताएका छन् ।
उनले दिउँसो २ बजेर १५ मिनेटमा ब्युरोमा औपचारिक उजुरी दर्ता गरेका हुन् ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार












प्रतिक्रिया