काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले औपचारिक रूपमा राष्ट्रपति पुटिनलाई नेपाल आउन आग्रह गरेका हुन्।
भेटमा रुसी सेनामा नेपालीहरूको संलग्नताबारे पनि छलफल भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। उनका अनुसार सो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ।
त्यसैगरी दुई देशबीचको आपसी सम्बन्धका विभिन्न पक्षबारे विचार विमर्श हुनुका साथै नेपाल–रुसबीच सिधा हवाई सेवा संचालन गर्ने सम्भावनाबारे पनि छलफल भएको सचिव राईले बताए।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया