काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।
कपनस्थित पार्टी कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ फर्किँदै गर्दा करिब राति ८ बजे मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले रड प्रहार गरेको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।
टाउको र खुट्टामा लागेको चोटका कारण भण्डारी गम्भीर घाइते भएका छन्। चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको टाउकोमा १० वटा टाँका लगाइएको बोहराले सामाजिक सञ्जालमार्फत बताएका छन्।
घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको र शंकास्पद व्यक्तिहरु खोजी भइरहेको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया