काठमाडौँ । आगामी शुक्रवार ललितपुरमा शुरु हुने एमालेको दोस्रो विधान महाधिवेशनमा २ हजार ३ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुने छन् । यसैबीच, महाधिवेशनको तयारी पुरा भएको एमालेले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको तयारी सकिएको जानकारी दिए ।

advertisement

विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने तय भएको छ । यसैबीच, एमाले महासचिव पोखरेलले विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताए ।

सो विषयमा केही नेताले राखेको फरक मत विधान महाधिवेशनमा प्रवेश हुन नसक्ने उनको भनाइ थियो । पार्टीको सचिवालय बैठकले फरक मतको विषयमा निर्णय गर्ने पोखरेलले बताए ।

विधान महाधिवेशन लगायत विषयमा छलफल गर्न एमालेले भोलि सचिवालय बैठक बोलाएको छ । एमालेले ७० बर्षको उमेर हद र दुई कार्यकालको व्यवस्था हटाइसकेको छ ।

 

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com