काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। समितिको रिक्त सभापति पदमा भोलि निर्वाचन हुने तयारी भइरहेको छ।

खतिवडाले पार्टीको निर्णय स्वीकार गरी अघि बढ्ने बताएका छन्। उनले भने, ‘पार्टीले मलाई सभापतिमा अघि सारेको निर्णय सुन्नमा आएको छ। म पार्टीको निर्णय अनुसार अघि बढ्नेछु।’

advertisement

यो पद हालसम्म ईश्वरी न्यौपानेले सम्हालेकी थिइन्। न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् र त्यसपछि खतिवडालाई राज्य व्यवस्था समितिको सदस्यको रूपमा नियुक्त गरिएको थियो।

याद गराउनुपर्दा, कुलिङ पिरियडको छेडखानीबारे भएको छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गर्दै राज्य व्यवस्था समितिको सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए।

भोलि हुने निर्वाचनमा खतिवडाले सभापति पदका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com