काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयहरूमा छलफल हुने भएको छ।

बैठककै तयारीको रूपमा माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्गमा जनजागरण अभियान पुनः सञ्चालन गर्ने योजना बनाएको छ। यो अभियान भदौ २२ गते लमजुङबाट सुरु भई २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोट पुग्नेछ।

advertisement

त्यसैगरी, पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच आरोप–प्रत्यारोप चलिरहेको छ। हालै विराटनगरमा अध्यक्ष प्रचण्डले जनार्दन शर्माको असहमति भए पनि पार्टीको गतिलाई रोक्न नसकिने अभिव्यक्ति दिएका थिए।

पदाधिकारी बैठकमा यी राजनीतिक तथा संगठनात्मक विषयमा गहन छलफल हुने माओवादीका एक पदाधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com