काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन नभएको भन्दै विरोध जनाएका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएसँगै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। त्यसपछि सभामुखले रास्वपाका सांसद अशोक चौधरीलाई बोलाएर सरकारले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएकोमा आपत्ति जनाउन अनुमति दिए।

advertisement

त्यसपछि राप्रपाका सांसद धवलशमशेर राणालाई बोलाएर उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्नुपर्ने माग राखे।

अन्ततः, दुवै दलका सांसदहरूले बैठक कक्ष छाडेका छन्। रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग गठनको माग गर्दै प्रतिनिधि सभा बैठकमा लगातार विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com