काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणलाई लिएर दुईवटा संवेदनशील विषयमा स्पष्ट जवाफ मागेका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले चीन भ्रमणपछि चीनले जारी गरेको वक्तव्यमा नेपाल ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सहमत भएको उल्लेख भएको विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जानकारी दिनुपर्ने बताए। उनले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटपछि चीनले निकालेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा नेपाल सहमत भएको उल्लेख छ। तर भ्रमण दलका सदस्यहरूले नेपाल यसको समर्थन गर्दैन भन्ने बताएका थिए। सत्यता के हो?’

advertisement

त्यस्तै, पाण्डेले चीनले जापानमाथि विजय प्राप्त गरेको दोस्रो विश्वयुद्धको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजित परेडमा प्रधानमन्त्री ओलीको सहभागीता प्रति पनि प्रश्न उठाए। उनले प्रश्न उठाउँदै भने, ‘जापान नेपालको प्रमुख साझेदार देश हो। जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्दै आयोजित परेडमा प्रधानमन्त्रीको सहभागीता नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तसँग मेल खान्छ कि? यसबारे संसद्मा स्पष्ट जानकारी आवश्यक छ।’

पाण्डेका यी प्रश्नले चीन भ्रमणसँग सम्बन्धित संवेदनशील विषयमा पारदर्शिता र स्पष्टता आवश्यक रहेको संकेत गरेका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com