काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले प्रतिनिधि सभामा रास्वपा र राप्रपाका सांसदहरूलाई तिल्के गोरुसँग तुलना गर्दै कटाक्ष गरेका छन्। उनले भिजिट भिसा प्रकरणमा उठेका मुद्दा संसदमा प्रस्तुत गर्दा पार्टीहरूलाई अहिले ‘ल्याण्ड गर्न अप्ठ्यारो’ भएको टिप्पणी गरेका हुन्।

सांसद रिजालले भने, ‘जस्तो इस्यू उठाइन्छ, त्यसलाई पूरा गर्न धौ परेको छ। हिजो साथीहरू ९५ दिन भइसकेको भन्दै कराउँदै हुनुहुन्थ्यो, अब भोलि ९७ दिन हुनेछ। सुरुमा जाने र पछि फर्किन अप्ठ्यारो हुन्छ भन्ने कुरा याद नगरी प्रस्तुत गरिन्छ। मेरो विचारमा, यो तिल्के गोरु जस्तै छ।’

advertisement

उनले अदालतमा मुद्दा जित्न सजिलो भए पनि संसदमा मुद्दा उठाएर निष्कर्षमा पुर्‍याउन चुनौतीपूर्ण हुने बताए। रिजालको यो टिप्पणीले संसदमा भिजिट भिसा प्रकरण सम्बन्धी बहसलाई थप रोचक र चर्चा योग्य बनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com