काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार प्रतिनिधि सभामा सरकारसँग विभिन्न संवेदनशील प्रश्न उठाएको छ।

प्रतिनिधि सभाको बैठक सुरु भएको केहीबेरमै रास्वपाका सांसद अशोककुमार चौधरीले प्रश्नकालामा सरकारलाई सोधेका छन् – ‘सहकारी पीडितको ८८ अर्ब फिर्ता कहिले हुनेछ? किसानलाई मल र भुक्तानी कहिले उपलब्ध गराइने? मिटर ब्याज पीडितले न्याय कहिले पाउने? भिजिट भिसा मानव तस्करीको फाइल कहाँ लुकाइएको छ?’

advertisement

सांसद चौधरीले विगत ३४ वर्षदेखि देशका नदी–नाला, कलकारखाना बेच्ने, युवालाई विदेशमा कामको बहानामा धकेल्ने, सहकारीमा अरबौँको भ्रष्टाचार गर्ने असली ठगहरूले रास्वपालाई पाठ पढाउन खोजेको आरोप समेत लगाएका छन्।

उनले थपे, ‘तीन दशकको दलाल संस्कार, भ्रष्टाचार र लुटतन्त्रले देशलाई खोक्रो बनाएको छ। अब जनता मौन रहने छैन। मक्किएको संरचना केही वर्षमै भत्काउन आन्दोलन सुरु भइसकेको छ। हेक्का रहोस्, २०८४ सम्म सहन्छौँ, त्यसपछि निर्णायक कदम चाल्नेछौँ।’

सांसद चौधरीका यी तीव्र टिप्पणीले सरकारमाथि दवाव सिर्जना गर्ने प्रयास स्पष्ट देखाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com