काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार सर्वोच्च अदालतको आदेश र यसअघिको सरकारको निर्णयअनुसार मन्त्रालयले प्राधिकरणलाई दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल बन्द गर्न भनेको हो।
प्रवक्ता ठाकुरले प्राधिकरणले प्राविधिक परीक्षणपछि ती प्लेटफर्म निष्क्रिय पार्ने बताए। यसअघि सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको थियो।
मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जालहरूको सूची केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ। यससँगै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका प्लेटफर्म प्रभावित हुन सक्ने सम्भावना छ।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया