काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरू कुनै पनि राजनीतिक दलको पक्षमा लागेर होइन, देश र जनताको हितमा मात्रै काम गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीहरूलाई पार्टीको आदेश होइन, संविधान र कानुनअनुसार काम गर्नुपर्ने स्पष्ट सन्देश दिए।

advertisement

देउवाले भने, ‘कर्मचारीले कुनै पार्टीको लागि होइन, देश र राष्ट्रको लागि काम गर्नुपर्छ। निर्वाचनमा कसलाई भोट दिने भन्ने व्यक्तिगत कुरा हो, तर पार्टीको आदेश मान्ने होइन।’

उनका अनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दल भएकाले कर्मचारीहरूको हकहितका मुद्दा अघि बढाउन र आवश्यक परे अन्य दललाई पनि सहभागी गराउन सक्नेछ।

सभापति देउवाले सरकारी सेवामा चुस्तदुरुस्त प्रणाली विकास गर्न कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै २१ औँ शताब्दीको आवश्यकता अनुरूप जनतालाई छिटो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com