काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा आपत्ति जनाउँदै त्यसलाई अधिनायकवादतर्फ उन्मुख हुने खतरा भएको टिप्पणी गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न जनतामाथि जबरजस्ती निर्णय थोपरेको आरोप लगाए।

advertisement

उनले भने, ‘नियमन आवश्यक विषयहरू नियमन हुनुपर्छ, तर सार्थक संवाद र समाधान खोज्न नसक्नु सरकारको असफलता हो। असफलतालाई छोप्न सामाजिक सञ्जाल नै बन्द गर्नु नालायकीपन हो। यो बहानामा सरकार अधिनायकवादतर्फ अघि बढ्ने संकेत देखिन्छ। त्यसैले जनता सजग बन्न आवश्यक छ।’

यसअघि सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई आजदेखि क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com