काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

बिहीबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले समयमा पहल नगरेको र आवश्यक वातावरण तयार नगरेकै कारण यस्तो समस्या उत्पन्न भएको आरोप लगाए।

advertisement

उनले भने, ‘सरकारले समयमा काम नगर्ने, वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने ढंगले अघि बढेको छ। यो कदम आपत्तिजनक छ, हामी यसको विरोध गर्दछौँ।’

पाण्डेले सामाजिक सञ्जाल नियमन आवश्यक रहेको मान्दै पनि हतारमा बन्द गर्ने निर्णय समाधान नभएको टिप्पणी गरे।

उनले थपे, ‘सरकारले समस्या के हो भन्ने प्रष्ट पहिचान गरेर मात्र नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द गरियो भने देशमा अराजकता र अस्तव्यस्तता बढ्छ। सरकारलाई यसको गम्भीरता बुझ्नैपर्छ।’

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com