काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई गलत ठहर गरेका छन्।
बिहीबार सरकारले कानुनअनुसार दर्ता प्रक्रियामा नआएका सञ्जालहरूलाई बन्द गर्ने घोषणा गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आफ्नो आपत्ति सार्वजनिक गरेका हुन्।
उनले सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशित वा प्रसारित हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन र नियन्त्रणका लागि कानुनी प्रबन्ध गर्न निर्देशन दिएको हो। तर यसको हवाला दिँदै दर्ता नभएका सञ्जाल बन्द गर्ने होइन, बरु आवश्यक कानुन छिट्टै बनाउनुपर्ने हो।’
थापाले दुरुपयोग रोक्न, जिम्मेवार बनाउने र सामाजिक सञ्जाललाई सुरक्षित बनाउन आवश्यक कानुन तत्काल निर्माणमा सरकार गम्भीर र तदारुक हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया