काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जाल नियमन गर्दा सरकारले यसको प्रयोग र प्रभावप्रति संवेदनशील हुनुपर्ने बताएका छन्।
बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै शर्मा भनेका छन् कि सामाजिक सञ्जाल आजको समयमा केवल सञ्चारको माध्यम मात्र नभई विचार, अभिव्यक्ति र स्वतन्त्रताको प्रमुख प्लेटफर्म बनेको छ।
उनले थपे, ‘सामाजिक सञ्जालले समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र नागरिक सहभागिता बढाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ। यसैले सरकारले नियमन गर्दा केवल प्रतिबन्ध होइन, यसको प्रयोग र प्रभावका पक्षहरूलाई पनि ध्यानमा राख्नुपर्छ।’
शर्माका अनुसार, संवेदनशील र जिम्मेवार नियमनले मात्र नागरिकको अधिकार सुरक्षित राख्दै सामाजिक सञ्जालको सकारात्मक प्रभाव सुनिश्चित गर्न सकिन्छ।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया