काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको दोस्रो संस्करण आजदेखि पोखरामा हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगिता अन्तरगत आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेड भिड्नेछन्।

advertisement

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन्। गत संस्करणमा सहभागी भएको चितवन शक्तिको स्थानमा यस पटक लुम्बिनी लाभाज नयाँ टोलीका रुपमा आएको छ। ​

अक्सनबाट सबै टोलीले मार्कीसहित ८–८ जना खेलाडी अनुबन्ध गर्दा ट्यालेन्ट हन्टबाट १ र ३ जना विदेशी खेलाडी भित्र्याएका छन्। यसपटक थाइल्याण्ड, नेदरल्याण्ड्स, रसियादेखि ब्राजिलसम्मका खेलाडी विभिन्न टोलीबाट कोर्टमा उत्रिने छन्।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com