काठमाडौं । अफगानिस्तानमा गएको भीषण भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार २०० नाघेको छ। गत आइतबार मध्यरात पाकिस्तानसँग सीमा जोडिएको नांगरहार प्रान्तको जलालाबाद सहरबाट करिब १७ किलोमिटर उत्तर–पूर्वी क्षेत्रमा केन्द्रबिन्दु बनेर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

तालिबानी प्रशासनका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बिहीबारसम्म मृत्यु संख्या २ हजार २०५ पुगेको जनाएको छ। घाइतेहरूको संख्या ३ हजार ५०० भन्दा धेरै पुगेको छ, जसमा धेरैजना गम्भीर अवस्थामा भएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

advertisement

मुख्य भूकम्पपछि निरन्तर पराकम्पनहरू आइरहेका छन्। मंगलबार ५.५ म्याग्निच्युड र बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको पराकम्पन गएको थियो। पछिल्लो कम्पनबाट थप मानवीय क्षति भएको रिपोर्ट भने आएको छैन। तर कुनार र नांगरहारका स्थानीय बासिन्दा सुरक्षाका लागि घर र अस्थायी आश्रयस्थल छोडेर बाहिर निस्किएका थिए।

लगातार आएका तीव्र पराकम्पनका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ बढेको अधिकारीहरूले बताएका छन्।

 

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com