काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले रोक लगाएका सामाजिक सञ्जाल प्लेटफर्महरू तत्काल पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले नागरिकको सूचना आदान–प्रदान, अभिव्यक्ति स्वतन्त्रता, अध्ययन–अनुसन्धान र विचार व्यक्त गर्ने हक गम्भीर रूपमा प्रभावित भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फतै आफ्नो धारणा सार्वजनिक गर्दै साउदले भनेका छन्, ‘नेपालमा दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारी कदमले नागरिक अधिकारमा प्रत्यक्ष आघात पुर्‍याएको छ। लोकतान्त्रिक मुलुकमा स्वतन्त्र अभिव्यक्तिको छवि जोगाउन सरकार धैर्य र संयमता अपनाएर ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याओस्।’

advertisement

उनले कानुनअनुसार नियमन प्रक्रियाका लागि आवश्यक समय र पूर्वाधार उपलब्ध गराउँदै अघि बढ्न सकिने सुझाव पनि दिएका छन्।

 

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com