काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी भागमा बिहीबार राति ५.६ म्याग्निच्युडको भूकम्प आएको छ। पछिल्ला छ दिनमै आएको यो तेस्रो ठूलो कम्पन हो। यसको प्रभाव पाकिस्तानका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो।

बीबीसीका अनुसार, स्थानीय समय राति ८:५६ बजे आएको भूकम्पपछि नंगरहार र कुनार प्रान्तका बासिन्दा त्रासमा परी आफ्ना अस्थायी आश्रयस्थलबाट बाहिर निस्किएका थिए। प्रारम्भिक चरणमा ठूलो जनधनको क्षति भएको पुष्टि नभए पनि बीबीसीले उद्धृत गरेका स्थानीय स्वास्थ्यकर्मीका अनुसार कम्तीमा १७ जना घाइते अस्पतालमा उपचारका लागि भर्ना भएका छन्।

advertisement

यसअघि आइतबार गएको शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (OCHA) का तथ्यांकअनुसार सो भूकम्पमा हालसम्म १,३६८ जनाको ज्यान गएको छ भने २,१८० जना घाइते भएका छन्। यी तथ्यांक प्रभावित २५ गाउँबाट प्राप्त विवरणमा आधारित रहेको जनाइएको छ।

 

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com